631 views 0 secs 0 comments

५५ वषिर्या कमलादेवीको घांटीमा चक्कु प्रहार गरी हत्या…

In समाज
२८ मंसिर २०७६, शनिबार १९:२०

रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा-१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घांटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेका थिए । घटनापछि भाग्दै गरेको गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।