799 views 0 secs 0 comments

बिबाहमा नर्तकीले डान्स रोकिन् भन्दै गोली हान्यो…

In विश्व
२१ मंसिर २०७६, शनिबार १३:१८

उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । 
घटना डिसेम्बर १ को दिन चित्रकूटस्थित टिकरी गाउँमा भएको थियो । टिकरी गाउँका प्रधानकी छोरीको विवाहमा उक्त घटना भएको थियो ।  
गोली लागेर घाइते भएकी नर्तकीलाई लखनऊको एक अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । 
नाचको क्रममा स्वास्थमा असहजता उत्पन्न भएपछि नर्तकीले नाच रोकेकी थिइन् । नर्तकीलाई गोली हान्दाको क्षण कैद भएको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही अघि बढाएको हो । 
विवाहमा नर्तकीमाथि गोली प्रहार गरेको आरोपमा फूल सिंह र गाँउ प्रमुख सुधीर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । फूल सिंह गाउँ प्रमुखका नातेदार हुन् ।