
रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं। ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् ।
घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचर पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो ।