429 views 0 secs 0 comments

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु…

In समाज
१९ मंसिर २०७६, बिहीबार १३:२१

पाल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप  तानसेन–बुटवल सडकखण्डको केराबारी र चौबिसमाइलको बीचमा भीरबाट जीप खसेको हो । 
स्थानीय प्रत्यक्षदर्शीका अनुसार भीरमा दुईवटा शव देखिएको र गाडी टुक्रा–टुक्रा भएर ५ सय मिटरभन्दा तलसम्म पुगेको छ ।