
हुम्लाको सिमिकोटमा बुधबार टिपर दुर्घटना भएको छ ।
दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायव प्रहरी उपरीक्षक घर्ती मगरले बताए । अन्य १२ जना घाइते भएका छन् ।
घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सिमिकोट पठाइएको डीएसपी घर्ती मगरले जानकारी दिए ।
मजदुर बोकेर नाम्खाबाट जिल्ला सदरमुका सिमिकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो ।