
एक वर्षअघि हेटौंडाबाटै मोटरसाइकल चोरी मुद्दामा घरौटी बुझाएर छुटेका गिरोहका नाइके सहित चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा निजगढ ४ का ३१ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ४ का २२ वर्षीय राजकपुर चौधरी, बाराको कोल्बी नगरपालिका ९ का १८ वर्षीय निरन्जन चौधरी र धिरज चौधरी छन् । उनीहरुसहित प्रहरीले २२० सीसीका दुई वटा पल्सर र रोयल इन्पिmल्ड बुलेट बाइक नियन्त्रणमा लिएको छ ।
ज्ञानेन्द्र चौधरी मोटरसाइकल चोर्ने गिरोहको नाइके रहेको प्रहरीको दाबी छ । उनी यसअघि मोटरसाइकल चोरी मुद्दामा ३ लाख १० हजार रुपैयाँ घरौटी बुझाएर २०७५ पुस ३ गते रिहा भएका थिए ।
मोटरसाइकल चोरी गर्ने समूहलाई जिल्लाका तीन छुट्टा छट्टै ठाउँबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।