709 views 0 secs 0 comments

बाख्रापालक किसानको गोठमा आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षति…,

In समाज
१ मंसिर २०७६, आईतवार २०:५६

पर्सामा एक जना बाख्रापालक किसानको गोठमा आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको छ ।
पटेर्वासुगौली गाँउपालिका-१ रामभवरे बस्ने ईदु मियाँ धुनियाको बाख्रा पाल्ने गोठमा आइतबार बिहान साढे १ बजे आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठमा रहेका ५४ वटा बोका, बाख्रा, पाठा र पाठी जलेर मरेका छन् ।
आगलागीबाट उन्नत जातका २ वटा बोका, १५ वटा पाठी र  ८ वटा पाठा जलेर मरेका छन् । यस्तै साना जातका बाख्राको ११ वटा पाठी र १८ वटा पाठा जलेर मरेका छन् ।
आगलागीबाट धनियाले पालेका ५० वटा परेवा पनि जलेर मर्नुका साथै फार्ममा रहेका ३ वटा पंखासमेत जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ ।
लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की गोठमा आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।