
नेपाल सरकारले पनि भारतीय यस रवैयाको खुलेरै आलोचना गरेको छ । नेपाल भारतको प्रतिवाद गर्ने तयारीमा रहेको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताउनु भएको छ ।
आज बिहान भएको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले अतिक्रमित भूभाग फिर्ता गराउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले तथ्य र प्रमाणका आधारमा नेपालले भारतसँगको सीमा विवाद समाधानका लागि भारतसँग कुरा गर्ने तयारी भइरहेको जानकारी दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अनुशासन आयोग, लेखा परीक्षण आयोग र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन पनि गरेको छ ।