
आज (बिहिबार) सुनको मूल्य घटेको छ। हिजो बुधबार स्थिर रहेको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ घटेको छ।
आज छापावाल सुन प्रतितोला ७० हजार ८ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको भाउसँगै चाँदीको भाउ भनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।