674 views 1 sec 0 comments

चितवनमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु…

In समाज
२४ कार्तिक २०७६, आईतवार १५:३७

चितवनको भरतपुर महानगरपालिका-७ तेह्रसालचोकमा स्कुटी अनियन्त्रित भई पल्टिँदा स्कुटी चालकको मृत्यु भएको छ । स्कुटी पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।
गितानगरबाट भरतपुर तर्फ आउँदै गरेको ना५९प ३३७० नम्बरको स्कुटी आइतबार बिहान अनियन्त्रित भई पल्टिँदा स्कुटी चालक भरतपुर-११ बस्ने २६ वर्षीय सुवास तामाङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । स्कुटी पल्टिएर घाइते भएका तामाङको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।