494 views 0 secs 0 comments

मलेसियामा एक नेपालीको मृत्यु…

In समाज
२२ कार्तिक २०७६, शुक्रबार १३:२५

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ । 
मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।अचानक बेहोस भएर गएको भनिए पनि कुन कारणले कसरी ज्यान गयो भन्नेबारे यकिन हुन नसकेको यादवको पारिवारिक स्रोतले जनाएको छ  ।