492 views 1 sec 0 comments

झुण्डिएको अवस्थामा दुई जनाको शव फेला: पर्सा

In समाज
७ कार्तिक २०७६, बिहीबार १८:२७

पर्सामा एकै दिन झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । एक जना किशोर बुधबार दिउँसो र एक किशोरीको शव साँझ झुण्डिएको अवस्थामा फेला परेको हो ।
ठोरी गाउँपालिका-५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका-९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।