475 views 0 secs 0 comments

कमेरो खन्ने क्रममा रोल्पामा एक किशोरीको मृत्यु…

In समाज
७ कार्तिक २०७६, बिहीबार १८:००

तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा बिहीबार बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए ।