530 views 0 secs 0 comments

सिमेन्ट उद्योगका म्यानेजर लुटिए…

In समाज
९ आश्विन २०७६, बिहीबार १७:२३

रुपन्देहीको मायादेवी गाउँपालिका-४ सेमरीमा एक सिमेन्ट उद्योगका म्यानेजर बिहीबार दिउँसो लुटिएका छन् ।
भैरहवा लुम्बिनी सडक खण्डको सेमरीमा रहेको उद्योग नजिकै भित्री सडक खण्डमा रिलायन्स सिमेन्ट उद्योगका म्यानेजर अवधेश त्रिपाठी लुटिएका हुन् । दुई जनाको समुहमा आएका लुटेराले सिद्धार्थनगर नगरपालिका–३ बस्ने २८ वर्षीय त्रिपाठीको टाउकोमा हेटमेटले हानेर उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । त्रिपाठी भैरहवास्थित उद्योगको कार्यालयबाट मोटरसाइकलमा उद्योगतर्फ जाँदै गर्दा लुटिएका हुन् । कुटपिटबाट घाइते त्रिपाठीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।