765 views 1 sec 0 comments

अवैध चरेशसहित एक जना युवतीलाई पक्राउ…

In समाज
९ आश्विन २०७६, बिहीबार १६:०२

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ केजी अवैध लागूऔषध चरेश बरामद गरेको छ ।
काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ५ केजी लागूऔषध चरेस बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।