
टर्कीको अडाना प्रान्तको अंकारामा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो ।
उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य अवस्थामा रहेको बताउनुभयो । घाइते भएका अरु चार जना बाटोमा हिँड्ने पैदल यात्रु रहेको गभर्नर डेमिर्टासले जानकारी दिनुभयो ।
टर्किस सञ्चार माध्यमले बसमा क्षति पुगेको तस्वीर सार्वजनिक गरेका छन् । गभर्नर डेमिर्टासले बम विस्फोटन गराउने समूहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।