452 views 0 secs 0 comments

तुलसीपुर बजारलाई सुरक्षित राख्न सिसी टिभी जडान गर्ने प्रक्रिया सुरू…

In देश
६ आश्विन २०७६, सोमबार १२:४४

दाङको तुलसीपुर बजारलाई सुरक्षित राख्न सिसी टिभी जडान गर्ने प्रक्रिया सुरू भएको छ।

बजारका विभिन्न स्थानमा २० वटा सिसी टिभी जडान गर्न उपमहानगरपालिकाले एक हप्ता अगाडि टेण्डर आह्वान गरेको छ।
भदौ २९ गते ३५ दिने सार्वजनिक सूचनामार्फत् नगरले टेन्डर आह्वान गरेको छ।
तत्कालका बजार क्षेत्रका मुख्य चोक र सडकहरूमा २० ठाउँमा सिसी टिभी जोडन गर्न टेन्डर आह्वान गरिएको तुलसीपुरका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जानकारी दिए।

तुलसीपुर बजार क्षेत्रमा मात्रै १ सय १ वटा सिसी टिभी जडान गर्ने गरी गुरूयोजना निर्माण गरिएको अधिकृत सारुले बताए।
उपमहानगरपालिकाले सिसी टिभी जडान गर्न भन्दै गतवर्ष बजेटमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यसले १०१ वटा सिसी टिभीको व्याकअप तथा अप्टिकल फाइबर विच्छ्याने काम गर्ने योजना तय गरिएको प्रमुख प्रशासकीय अधिकृत सारुले बताए।
व्याकअप र अप्टिकल फाइबर बिच्छ्याउने काम पूरा भएपछि सिसी टिभी जडानको काम सुरू हुने उनले बताए।
तर पहिलो चरणमा भने तुलसीपुरका मुख्य प्रवेशद्वार र चोकहरूमा गरी २० वटामात्रै सिसी टिभी जडान गर्ने योजना अनुसार प्रक्रिया सुरू गरिएको तुलसीपुरका इञ्जिनियर पवन योगीले जानकारी दिए।
उपमहानगरपालिकाले निकालेको टेण्डर अनुसार काम भए कात्तिक महिनाभित्रै तोकिएका २० स्थानमा सिसी टिभी जडान भइसक्ने इन्जिनियर योगीले बताए।