447 views 0 secs 0 comments

दसैं नजिक आउँदै गर्दा हरेक सामानको मुल्य बढ्दै, एकैपटक ३० रुपैंयाँले बढ्यो अण्डा…

In देश
३ आश्विन २०७६, शुक्रबार १४:३१

नेपालीहरुको महान पर्व दसैं नजिक आउँदै गर्दा हरेक सामानको मुल्य बढ्दै जान थालेको छ । यो बीचमा चितवनका कुखुरापालक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।
२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुर्याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ ।