481 views 0 secs 0 comments

मेरापिक क्षेत्रमा लेक लागेर एक पर्यटकको मृत्यु…

In देश, समाज
१ आश्विन २०७६, बुधबार १३:३०

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् ।
लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो ।
केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् ।