686 views 2 secs 0 comments

कर्तव्य ज्यान मुद्दामा फरार सुनारलाई घटना गराएको १७ वर्षपछि प्रहरीले पक्राउ…

In देश, समाज
१ आश्विन २०७६, बुधबार १३:२०

कर्तव्य ज्यान मुद्दामा फरार चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटना गराएको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका-७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो।
२०५९ पुस २१ गते नुवाकोट साविक ककनी गाविस-७ सिम्ले हाल ककनी गाउँपालिका-५ बस्ने ७० वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो।
पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछि नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा सुनारले ढुङ्गा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको थियो।

पक्राउ सुनारलाई थप आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ।