
कपिलवस्तुमा एक महिलाको रहस्यमय रुपमा ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् ।
यस्तै प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच राम्रो सम्वन्ध नभएको पाईएको बताए ।
कसैले ज्युँदै जलाएर हत्या गरेको आशंकासहित माइतीपक्ष छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आएको बताइएको छ ।