510 views 0 secs 0 comments

दाङमा विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु…

In समाज
२५ भाद्र २०७६, बुधबार १५:०६

विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्।

जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो।
सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री घाइते भने भएका छन्।
घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घाइते तिलकलाई टाउकोमा चोट रहेको तथा अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।