
गुल्मीमा जीपको ठक्करबाट रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष घाइते भएका छन् ।
बा १८ च १०४४ नम्बरको जीपले ठक्कर दिँदा वडाध्यक्ष उदयबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुँगा भन्ने स्थानमा जीपले थापालाई ठक्कर दिएको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले जानकारी दिए ।
गुल्मी अस्पतालमा उपचारपछि थापालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।