534 views 0 secs 0 comments

भीमफेदीमा सुमो दुर्घटनामा १० महिने नाबालिकासहित ३ जनाको मृत्यु…

In समाज
२१ भाद्र २०७६, शनिबार १७:५३

मकवानपुरको भीमफेदी गाउँपालिकाको चिसापानीमा शुक्रबार भएको सुमो दुर्घटनामा १० महिने नाबालिकासहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, जिल्ला सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिंहले बताए ।
दुर्घटनामा घाईते भएका वाईवा र सहनीको हेटौंडा अस्पतालमा र १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।
आमा सविता माझीसँगै सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो दुर्घटनामा बालिकाको मृत्यु भएको हो । उनकी आमा सविता घाईते भएकी छिन् ।