718 views 0 secs 0 comments

जीप दुर्घटनामा चालकको मृत्यु…

In समाज
१४ भाद्र २०७६, शनिबार १२:३४

शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सोही जीपका चालक रोल्पा नगरपालिका–१० धवाङका ३० वर्र्षीय दिलबहादुर बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । लिवाङ घर्तीगाउँ सडकखण्डको भलाममा दुर्घटनामा परहेको उक्त जीप सडकबाट २०० मिटर तल खसेको प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो । शवलाई नदीले बगाएर माडी नदी पुल नजिक पु¥याएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शव फेला पारेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।