प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा…

In स्वास्थ्य/जीवनशैली
१२ भाद्र २०७६, बिहीबार ११:०१

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको र अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उनको उपचार थालेका थिए ।
सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ। उहॉको नीजि चिकित्सक प्रा. डा. दिव्यासिंह शाह आज स्वदेश फर्कनु भएको छ । उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ।
सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ।