
आइतवार बिहान सेती नदीमा नुहाउने क्रममा डुवेर एक बालिकाको मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ बर्षीया करिश्मा नेपालीको बासुधारा भन्ने ठाउँ नजिक नुहाउने क्रममा डुवेर मृत्यु भएको हो । मामाको घर गएकी उनको शव बगेको ठाउँदेखि १ किलोमिटर तल भेटिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।बैशाखयता सेती नदीले सातजनाको ज्यान लिएको छ । जेठ ३ गते डोटी के आई सिंह गाउँपालिका–५ का ३८ बर्षीय लोकेन्द्रवहादुर रावलको सेती नदीमा डुवेर मृत्यु भएको थियो ।
शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक स्थल सालमूनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएका उनको शव नौ दिनपछि फेला परेको थियो ।
यस्तै शिखर नगरपालिका–४ कि १६ बर्षीया धर्मा महरा जेठ ५ गते सेती नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भइन् । फुपुको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ सेती नदीमा वेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार उनको शव अझै भेटिएको छैन ।
यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ बर्षीय पुश्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुवेर वेपत्ता भए । गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११, गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुवेर वेपत्ता भएका थिए । उनको शव १३ दिनपछि फेला परेको थियो ।
आदर्श गाउँपालिका–६ गिरीचौकाकीअन्दाजी ३५ बर्षीया बसु अधिकारी असार ६ गते सेतीनदीमा डुविन् । मानसिक स्वास्थ्य समस्याभएकीअधिकारीले सेतीनदीमाहामफालेकीथिईन् । उनको शव फेला परेको छैन ।
शिखर नगरपालिका–१० का अन्दाजी पाँच बर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुवे । उनको शव करिब तीन किलोमिटर तल सोही नगरपालिका ८ लडागडा क्षेत्रमा फेला पर्यो ।
आदर्श गाउँपालिका–४ का ५२ बर्षीया मनि पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन । उनको शव पनि फेला परेको छैन ।
सेती नदीमा पानीको वहाव तेजिलो भएकाकारण नुहाउन पस्दा सामान्य लापरवाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी धामीले जानकारी दिए ।
‘सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो छ’ उनले भने ‘यसले गर्दा पनि अन्य नदीमा पौडी खेलिरहेका व्यक्तिहरु सेती नदीमा छिट्टै डुब्ने गरेका छन् ।’