आमिर खानका भान्जाकी पत्नीसँग रणवीर कपुरको अफेयर !

In मनोरञ्जन
७ मंसिर २०७४, बिहीबार १६:१३

काठमाडौं, ७ मंसिर । ऋषि कपुरका छोरा रणवीर कपुरले बलिउडमा निक्कैसँग अफेयर चलाएका छन् । जसमध्ये उनको पहिलो प्रेमिका अवन्तिका मलिक खान हुन् ।

अवन्तिकासँग लामो समय अफेयर चलाएका रणवीरको सम्बन्ध बलियो हुन सकेन । त्यसपछि अवन्तिकाले आमिर खानका भान्जा इमरान खानसँग विवाह गरेकी छन् ।

दुवैजनालाई धेरै पटक एकठाउँमा देखिएको चर्चा बलिउडमा चल्ने गरेको थियो ।

त्यसो त रणवीरको अफेयर अवन्तिकासँगमात्र होइन । धेरै अभिनेत्रीसँग भएको चर्चा चलेको थियो । अनिल कपुरपुत्री सोनम कपुरसँग पनि केही समय उनको अफेयर रह्यो ।

सोनमसँग सम्बन्ध विग्रिएपछि दिपिका पादुकोणसँग उनको सम्बन्ध गाँसिन पुग्यो । तर, दिपिका र रणवीर सिंहले विवाहको अन्तिम तयारी गरिसकेका छन् ।

त्यसो त रकस्टार अभिनयका क्रममा नरगिस फाक्रीसँग पनि रणबीरको सम्बन्ध बन्न पुगेको चर्चा चलेको थियो ।

डिना मोरियोसँग सम्बन्ध नराम्रो भएपनि अभिनेत्री नन्दिता महतानीसँग पनि रणवीरको सम्बन्ध रहन पुगेको बताइएको छ ।

पछिल्लो समय क्याट्रिना कैफसँग समुद्री किनारकै तस्बिर सार्वजनिक भएको थियो । तर, अहिले क्याट्रिनासँग पनि उनको सम्बन्ध त्यति गतिलो छैन ।