615 views 1 sec 0 comments

धनुषाबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिक पक्राउ…

In समाज
१ भाद्र २०७६, आईतवार ०८:१५

सशस्त्र प्रहरीले धनुषाको औरही गाउँपालिका-२ देउरीबाट १५ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत-२ भेलवाचोक का २८ बषर्ीय बन्धुकुमार सिंह रहेका छन् । बरामद गरिएको चाँदीको बजारमुल्य १० लाख ९३ हजार १ सय १० रुपैयाँ मुल्यको रहेको प्रहरीले जनाएको छ ।ज.८प. ९२३५ नम्वरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका सिंह चेकजाँच गर्ने क्रममा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि उनलाई बरामद भएको चाँदीसहित भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।