
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा बारा प्रहरीले ३ जनालाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रसौनी गाउापालिका-५ का ४५ वर्षीय शम्भुप्रसाद साह, वडा-६ का २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका-१६ का २४ वर्षीय छोटेलाल पटेल रहेको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।भारतबाट अवैध रुपमा कस्टमेटिक तथा कपडा लगायतका सामान भित्र्याउने वातावरण बनाइदिन भन्दै प्रहरीलाई मासिक २६ हजार रुपैयाँ दिने भन्दै प्रलोभनमा पार्न खोजेपछि उनीहरुले पक्राउ गरेको उनले बताए ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।