हेटौंडामा करिब ६० जनामा डेंगुको संक्रमण..

In स्वास्थ्य/जीवनशैली
२९ श्रावण २०७६, बुधबार ११:३३

हेटौंडा उपमहानगरपालिकाका करिब ६० जनामा डेंगुको संक्रमण देखिएको छ ।
उपमहानगरपालिकाको वडा नं. ४ का ६० जनामा डेंगुको संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए ।
उपमहानगरपालिकाका अन्य वडामा पनि डेंगुको संक्रमण देखिएको छ । तर, सबैभन्दा बढी संक्रमित वडा नं. ४ का वासिन्दा बनेका छन् । उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्की अनुसार डेंगु संक्रमित उपमहानगरपालिकाका बिरामीमध्ये आधा यही वडाका छन् ।