
६ मंसिर, काठमाडौँ।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ । नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ ।
चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि÷पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो । पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ ।
कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन्र्तगत वडा नम्बर १ दिबु्रङ्गमा मंसिर ६ गते, वडा नम्बर ६ हरेवामा मंस्रि ११ गते, वडा नम्बर ३ हराचौरमा मंसिर १२ गते, वडा नम्बर २ विशुखर्कमा मंसिर १३ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ ।