टेनिस एल्बो के हो ?

In स्वास्थ्य/जीवनशैली
१० मंसिर २०७५, सोमबार ११:४०

काठमाडौँ — के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।घरको काममा बिहानदेखि बेलुकीसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ। हात र कुईनोको दुखाइ र यसका लक्षणले तपाईलाई टेनिस एल्बो नामक रोग लागेको हुन सक्छ। टेनिस एल्बो एक प्रकारको खतरानाक रोग हो। समयमा नै यसको उपचार गरिएन भने पछि यसले धेरै दु:ख दिन्छ। यो रोग लागेपछि हातले केही गर्न सकिदैन। चियाकप उठाएर चिया पिउन पनि गाह्रो हुन्छ। प्रभावित हातलाई हल्लाउँदा अत्यन्तै पीडा हुन्छ।

सामान्यत: ३० देखि ५० वर्षका उमेर भएका व्यक्तिहरुमा यो रोग बढी देखिएको छ। कुनै समय चर्चित क्रिकेटर सचिन तेन्दुलकर पनि टेनिस एल्बोबाट पीडित भएका थिए। गल्फ खेलाडीहरु यो रोगबाट पीडित भएको प्रशस्तै भेटिन्छ। प्राय:खेलाडीहरुमा देखिने टेनिस एल्बोको समस्या हिजोआज सामान्य मानिसहरुमा पनि देखिन थालेको छ।यो रोग हुनलाई खेलाडी नै हुनुपर्छ भन्ने छैन, सबैलाइ हुनसक्छ।

किन हुन्छ टेनिस एल्बो?
कुईनोको हड्डी वा मांसपेशीमा आवश्यकताभन्दा बढी अतिरिक्त दबाब बारम्बार पर्न गयो भने टेनिस एल्बोको समस्या हुनसक्छ। टेनिस एल्बो त्यसबेला हुन्छ जब उ कुनै भारी काम गर्नलाई आफ्नो एउटै हातको व्ययभार सबभन्दा बढी हुने गर्दछ। समयमा नै उपचार गराइएन भने यो रोग खतरानाक हुन सक्छ।

लक्षणहरु
यो रोगमा कुनै एउटै हातको कुईनोबाट दर्द सुरु हुन्छ। विस्तारै यो दर्द पाखुरा र रिस्ट हुँदै पुरै हातमा फैलिन्छ। जसका कारणले हात उठाउन , हल्लाउन दिक्कत हुन्छ। हात का औँलाहरु पनि यस रोगबाट प्रभावित हुनसक्छन्। यसैगरी रिस्ट र हातकोबीच भाग पनि दुख्न थाल्छ। कहिलेकाही टेनिस एल्बो को दुखाई असहनीय हुन जान्छ र संवेदनशिलताका कारण कुईनो र रिस्ट सुन्निन पनि सक्छ।

उपचार
नियमित रुपमा व्यायाम वा हल्का स्ट्रैचिङ गर्नाले पनि यो रोग हुने सम्भावना कम हुन्छ। दुखाई कम गर्न केही प्राकृतिक उपायहरु पनि छन्।

बेसारको प्रयोग गर्ने: बेसारमा पाईने कुरकुमिन नामक तत्व एन्टिईन्फालामेटरी एजेन्ट र दर्द निवारकको रुपमा काम गर्दछ। यसबाहेक एन्टिआक्सिडेन्टको प्रचूर स्रोत बेसारमा हुनाले फ्री रेडिकल्सबाट लड्ने र उपचारमा समेत गति दिनमा यसले मद्दत गर्दछ। एक गिलास तातो दुधमा आधा चमच बेसार र अलिकति शुद्ध मह मिलाएर सप्ताह दिनमा दुईपटक पिउने। यसको सेवनले दुखाइ त कम हुन्छ नै साथै सुन्निएको पनि कम भएर जान्छ।। यसैप्रकार बरफले सेक्ने। यसबाट पनि दुखाई कम हुनुका साथै सुनिएको भाग पनि ठिक हुन्छ।

कसरी बच्ने?
टेनिस एल्बोबाट बच्ने सबैभन्दा राम्रो तरिका के हो भने आफ्नो शक्ति र कार्य क्षमतालाई चिन्ने। यसै अनुसार काम गर्ने। काम गर्दा जोसका साथसाथै होस पनि राख्ने। सुरुको अवस्थामा बिरामीले आराम गर्नुका साथै औषधोपचारबाट निको हुनसक्छ। कदाचित निको भएन भने दुखाई र सुन्निएको मात्र कम भयो, केहि दिन पछि फेरि बल्झियो भने अपरेशन नै गर्नुपर्ने हुन्छ।

होमियोप्याथिक उपचार
टेनिस एल्बोको उपचारमा रोगीको मानसिक एवं शारिरिक अवस्था तथा रोगको कारणलाई मध्ये नजर राखेर लक्षण अनुसार निम्न लिखित औषधिहरुको प्रयोग गर्न सकिन्छ।
औषधिहरु:
आर्निका मोनटेना– ३०:शक्ति र कुहिनोमा चोटपटक लाग्नु या मसल्स तन्किनु,अत्याधिक एक्जर्शसनले कुहिनो दुख्नु। आदि लक्षणमा यसको प्रयोग लाभदायक हुन्छ।
बेलाडोना–२००: अत्यन्तै दुख्नु, कुहिनो सुन्निएको र रातो हुनु। यस अवस्थामा यसको प्रयोग गर्न सकिन्छ।

ब्रयोनियास–३० : हातलाई अलिकति पनि हल्लाउँदा दुख्छ भने यो औषधिको सेवन गर्नु लाभदायक हुन्छ।

फेरम फाँस–३० : यदि पुरै हातमा दर्द छ भने यस औषधिको उपयोग गर्न सकिन्छ। यसै गरी लक्षण अनुसार अन्य औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ। जस्तै: रक्सटाक्स, रुटा ग्रेभोलेन्स, सेंगुनेरियाकेन, सल्फर आदि।

उपरोक्त औषधिहरुको प्रयोग आफ्नो निकटतम् कुनै होमियोप्याथिक चिकित्सकको सल्लाह लिई प्रयोग गर्नु उचित हुन्छ।