534 views 0 secs 0 comments

ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको मृत्यु…

In समाज
२८ श्रावण २०७६, मंगलवार १८:५३

चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर दुई जनाको ज्यान गएको छ ।
ज्याग्दी खोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार पुरीले जानकारी दिनुभयो ।
मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ ।