
काठमाडौंको स्वयम्भूस्थित अन्नपूर्ण चोकमा बुधबार राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
राति साढे १२ बजे बा५ख २४८१ नम्बरको टिपरले बा५६प १९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते भएका मोटरसाइकल चालक सीतापाईला बस्ने सिन्धुलीको खाङसाङ–६ का २२ वर्षीय प्रेजन मगर र मोटरसाइकलमा पछाडि सवार महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी हवल्दार सानोभाई नेपालीको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।