715 views 0 secs 0 comments

जापानले लैजाने कामदारका लागि भाषा र सीप परीक्षणको मिति टुङ्गो लाग्यो…

In देश, विश्व
२८ श्रावण २०७६, मंगलवार १८:३४

अहिले नेपालीहरुको प्रमुख आर्कषणका रुपमा रहेको जापानमा अब अध्यनका लागि मात्रै नभई कामका लागि पनि नेपालीहरुले जान पाउँने भएका छन् । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ ।
कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् । लामो समय देखि नेपाली कामदार जापान पठाउने विषयमा चर्चा हुँदै आइरहेको थियो । भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
नर्सिङ कियर गिभरमा जाने कामदार जापानको समान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउँछन् । जापानले नेपाली कामदारलाई पनि जापानका कामदारले बराबर सेवा सुविधा दिने जनाइसकेको छ । जापानमा जाने नेपालीहरुको न्युनतम तलब २ लाखसम्म हुने बताइएको छ ।