509 views 0 secs 0 comments

सुनको भाउ बढ्यो , अहिलेसम्मकै उच्च रेकर्ड कायम…

In देश
२० श्रावण २०७६, सोमबार १२:३६

हिजो (आईतबार) तोलामा ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको सुनको भाउले आज पनि रेकर्ड तोडेको छ।

हिजो प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । आज छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत (शुक्रबार) ८ सय रुपैयाँ भढेर ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार ५ सय रुपैयाँ बढेर ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो पनि आईतबार सम्मको उच्च मुल्य हो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६७ हजार ५ सय तथा चाँदीको भाउ ७९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ७७५ रुपैयाँमा कारोबार भएको थियो ।