627 views 0 secs 0 comments

नयाँ बसपार्क नजिक गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु …

In समाज
२० श्रावण २०७६, सोमबार ११:२२

गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको ज्यान गएको छ ।

टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो।मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक नजीक खसेर बेहोस भएपछि उपचारका क्रममा विनायक अस्पताल गोँगबुमा लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलका चालकलाई भने नियन्त्रणमा लिएर अनुसन्धान घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।