489 views 0 secs 0 comments

वैदेशिक लगानी ३१ अर्बले घट्यो…

In देश
४ श्रावण २०७६, शनिबार १३:२२

सरकारले लगानी सम्मेलन गरेकै वर्ष उद्योग विभागमार्फत मुलुकमा भित्रिने वैदेशिक लगानीमा उच्च गिरावट देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को विवरण अनुसार गत वर्षभन्दा वैदेशिक लगानी ३१ अर्ब ८१ करोडभन्दा बढीले आरोलो लागेको हो ।

अघिल्लो आर्थिक वर्ष कुल ३९९ वटा उद्योगमा ५५ अर्ब ७६ करोड ४ लाख ८० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तर, आर्थिक वर्ष ०७५/७६ को १२ महिनामा कुल ३३७ उद्योगका लागि २३ अर्ब ९४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।