514 views 0 secs 0 comments

तरकारी बजारमा विभागको अनुगमन, दर्जन बढीलाई कारबाही सिफारिस…

In देश
३ श्रावण २०७६, शुक्रबार ०९:१९

। बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ ।

तरकारीको मूल्य अस्वभाविक रुपमा बढाइएको गुनासोपछि बल्खु र कालीमाटीको बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अनलाइनखबरलाई जानकारी दिए ।