समाज
३ मंसिर २०७६, मंगलवार ११:३३
523 views 0 secs 0

हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेन…

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् । गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । […]

समाज
३ मंसिर २०७६, मंगलवार ०९:४०
718 views 0 secs 0

हतियारसहित पक्राउ परेका शाह कारागार चलान…

हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  जिल्ला अदालत बाँकेले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।  उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार […]

समाज
३ मंसिर २०७६, मंगलवार ०८:३२
720 views 0 secs 0

बागलुङमा गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ…

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।  साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु […]

समाज
२ मंसिर २०७६, सोमबार २२:०४
698 views 2 secs 0

दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु…

दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र […]

समाज
२ मंसिर २०७६, सोमबार २०:०७
549 views 0 secs 0

यात्रुसहितको बस दुर्घटना हुँदा १२ जना घाइते…

यात्रुसहितको बस दुर्घटनामा परेको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले […]

समाज
२ मंसिर २०७६, सोमबार ०९:४७
523 views 0 secs 0

वरिष्ठ पत्रकार, साहित्यकार शर्मालाई पत्नी शोक…

वरिष्ठ पत्रकार, साहित्यकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ । शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । शर्माको पारिवारिक सदस्यले घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाएका छन् । दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको […]

समाज
१ मंसिर २०७६, आईतवार २०:५६
738 views 0 secs 0

बाख्रापालक किसानको गोठमा आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षति…,

पर्सामा एक जना बाख्रापालक किसानको गोठमा आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको छ । पटेर्वासुगौली गाँउपालिका-१ रामभवरे बस्ने ईदु मियाँ धुनियाको बाख्रा पाल्ने गोठमा आइतबार बिहान साढे १ बजे आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठमा रहेका ५४ वटा बोका, बाख्रा, पाठा र पाठी जलेर मरेका छन् । आगलागीबाट उन्नत […]

समाज
१ मंसिर २०७६, आईतवार १८:००
471 views 1 sec 0

बसन्तपुरमा एक जना मजदुरको हत्या…

काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं-१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं-१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका […]

समाज
१ मंसिर २०७६, आईतवार १७:०८
421 views 0 secs 0

विद्युत चोरी नियन्त्रण टोलीले बाराबाट विद्युत चोरीमा संलग्न ३७ जनालाई पक्राउ…

विद्युत चोरी नियन्त्रण टोलीले बाराबाट विद्युत चोरीमा संलग्न ३७ जनालाई पक्राउ गरेको छ । विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महागढीमाई नगरपालिकाको पत्रहटी, रौवाही, तेलकुँवा, इनर्वा, बरियारपुर, कञ्चनपुर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भविष्यमा बिद्युत चोरी नगर्ने, मिटर […]

समाज
१ मंसिर २०७६, आईतवार १६:४२
630 views 0 secs 0

दाङबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ…

प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इञ्चार्ज नीमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय डाँगीलाई […]