समाज
१४ मंसिर २०७६, शनिबार १५:३८
705 views 0 secs 0

मन्त्री ज्यू ? कण्डम निःशुल्क हुँदा प्याड किन भएन निःशुल्क, स्वास्थ्य मन्त्री ज्यू ?

सिर्जना बस्नेत–आज बिहानदेखि तल्लो पेट दुखिरहेको छ । चिसो महिना लागेदेखि नै महिनावारी हुनु एक हप्ता अगाडिदेखि ढाड दुख्ने व्यथा बोनसमा पाएको छु । सँधै जस्तै यो महिना पनि कहिले महिनावारी हुने हो केही पत्तो छैन । महिनै पिच्छे तालिका बदलिन्छ । कहिले महिनाको सुरुमै त कहिले महिनाको अन्त्यमा। निश्चित समयमै महिनावारी नहुने यो समस्याले […]

समाज
१४ मंसिर २०७६, शनिबार ११:५०
539 views 0 secs 0

लागुऔषध दुई केजी चरेससहित तीन जनालाई पक्राउ…

लागुऔषध दुई केजी चरेससहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पञ्चकोशी टोलस्थित दीपचन्द्र होटलको तेस्रो तलाको १०६ नं कोठाबाट शुक्रबार प्रहरीले एक केजी ९३० ग्राम चरेस फेला पारेको थियो । चरेसहित वीरेन्द्रनगर नगरपालिका–१२ निवासी ५३ वर्षीय तुलसा शाही, तातोपानी गाउँपालिका–७ जुम्लाका ४९ वर्षीय नैन शाही र जुनीचाँदी गाउँपालिका–९ […]

समाज
१४ मंसिर २०७६, शनिबार ११:२३
585 views 0 secs 0

पोखरास्थित मतदानस्थल नजिकै बम विस्फोट…

कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रत्यक्षदर्शी ले बताए । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको छ । बम विस्फोट भएपछि […]

समाज
१३ मंसिर २०७६, शुक्रबार १७:४६
633 views 1 sec 0

प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई पक्राउ…

काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाजुरा त्रिबेणी नगरपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने किर्तिपुर नगरपालिकाको सिभिल ईन्जिनियर २६ वर्षीय उपेन्द्र बहादुर साउद र ललितपुर गोदावरी नगरपालिका-१० घर भई काठमाडौं कलंकी बस्ने २६ वर्षीय महेश पण्डित […]

समाज
१३ मंसिर २०७६, शुक्रबार १५:२९
493 views 0 secs 0

झापामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु…

झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट […]

समाज
१३ मंसिर २०७६, शुक्रबार १५:२२
485 views 0 secs 0

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ…

३६  वर्षीया एक जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको नागार्जुनबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ बस्ने ३१ वर्षीय सोमराज नगरकोटी रहेका छन् । नगरकोटीले ती महिलालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार राति महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

समाज
१३ मंसिर २०७६, शुक्रबार १३:२४
585 views 0 secs 0

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु…

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ना२ख २३२२ नम्बरको टिपरले बा५५प ९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार टिपरको ठक्करबाट घटनास्थलमै मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

समाज
१३ मंसिर २०७६, शुक्रबार १३:०९
511 views 0 secs 0

दैलेखको घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु…

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्दार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । 

समाज
१३ मंसिर २०७६, शुक्रबार ११:४८
526 views 0 secs 0

पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित…

पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज […]

समाज
१२ मंसिर २०७६, बिहीबार २१:२७
455 views 0 secs 0

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ …

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार भट्टराईलाई अन्जनी ओभरसिजका […]