616 views 1 sec 0 comments

प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई पक्राउ…

In समाज
१३ मंसिर २०७६, शुक्रबार १७:४६

काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाजुरा त्रिबेणी नगरपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने किर्तिपुर नगरपालिकाको सिभिल ईन्जिनियर २६ वर्षीय उपेन्द्र बहादुर साउद र ललितपुर गोदावरी नगरपालिका-१० घर भई काठमाडौं कलंकी बस्ने २६ वर्षीय महेश पण्डित रहेका छन् । 
उक्त स्थानमा बा.८८ प ७५८५ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले मदिरा सेवन गरी चलाएकोले कागजपत्र माग्दा उक्त नगद दिई प्रलोभनमा पार्न खोजेपछि उक्त नगद सहित मोटरसाइकल चालक साउद र मोटरसाइकलमा सवार पण्डितलाई पक्राउ गरेको हो ।