समाज
२५ मंसिर २०७६, बुधबार १२:४६
556 views 0 secs 0

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ …

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ  ।  वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास  गरेको आरोपमा पक्राउ  गरिएको  प्रहरी नायब  उपरीक्षक तिलक  भारतीले बताए । स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक […]

समाज
२५ मंसिर २०७६, बुधबार ०९:४८
650 views 0 secs 0

हेटौंडाबाट मकवानपुरगढीतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा एकको मृत्यु …

हेटौंडा बजारबाट मकवानपुरगढीतर्फ जाँदै गरेको बा ४ ख ६३५५ नम्बरको टिपरले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका–४, मक्रान्चुली नजिककै टिपरले ठक्कर दिँदा स्थानीयवासी ३४ वर्षीय दीपक पाख्रिनको घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि टिपर चालक फरार छन् भने टिपर प्रहरी नियन्त्रणमा छ ।

समाज
२५ मंसिर २०७६, बुधबार ०९:४४
603 views 0 secs 0

बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ…

प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला […]

समाज
२५ मंसिर २०७६, बुधबार ०९:३९
637 views 0 secs 0

भोजपुर जिल्लाका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी …

भोजपुर जिल्लाका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा […]

समाज
२५ मंसिर २०७६, बुधबार ०९:३३
560 views 0 secs 0

हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु…

हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुनसकेको छैन । सो दुर्घटनाबाट मोटरसाइकल चालकसहित दुई घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक पर्सागढी बस्ने ३० वर्षीय […]

समाज
२४ मंसिर २०७६, मंगलवार २०:०४
752 views 0 secs 0

नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ…

नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण श्रेष्ठ र १६ वर्षीय निशान परियार रहेको प्रहरीले खुलाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४७ फेनरागन, […]

समाज
२४ मंसिर २०७६, मंगलवार १९:४५
510 views 0 secs 0

जंगली हात्तीले कुल्चिँदा एक बालकको मृत्यु…

जंगली हात्तीले कुल्चिँदा मंगलबार सिराहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

समाज
२३ मंसिर २०७६, सोमबार २०:१७
672 views 0 secs 0

तनहुँमा हृदयघातका कारण मृत्यु…

तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोखरेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ । वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोखरेलको उपचारका लागि दमौली अस्पतालमा पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । “बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा […]

समाज
२३ मंसिर २०७६, सोमबार २०:०४
607 views 0 secs 0

विजुली सर्ट भएर आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट…

इलामको सूर्योदय नगरपालिका-५ अन्तुडाँडामा सञ्चालित एक होमस्टे (घरवास)मा सोमबार आगलागी भएको छ । स्थानीय मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला होमस्टेमा विजुली सर्ट भएर आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट तामाङको घरभित्र […]

समाज
२३ मंसिर २०७६, सोमबार १५:३२
605 views 0 secs 0

विद्युत पोलमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु…

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो ।तीब्र गतिको कार सडकको छेउमा रहेको विद्युत पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका […]