समाज
२ पुष २०७६, बुधबार १५:१०
552 views 0 secs 0

नक्कली कागजात बनाइ फरक व्यक्तिहरुले सवारी ट्रायल दिने २ जनालाई नियन्त्रणमा…

नक्कली कागजात बनाइ फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने गरेको खुलासा भएको छ । ट्राफिक प्रहरी महाशाखाको टोलीले यस्तो कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने […]

समाज
२ पुष २०७६, बुधबार १३:३१
465 views 0 secs 0

पदमपुरतर्फ आउँदै गरेको गाडी अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु…

इच्छाकामना गाउँपालिका–७ भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको ना १ च ९४१२ नं को गाडी अनियन्त्रित भई पल्टिँदा मङ्गलबार राति एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३५ वर्षीय सुरज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार भालुटारबाट पदमपुरतर्फ आउँदै गरेको उक्त गाडीले रोकी राखेको बा ५५ प ७४१४ […]

समाज
२ पुष २०७६, बुधबार १३:१९
590 views 0 secs 0

टहरामा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले ७ जनालाई पक्राउ…

सूर्यविनायक नगरपालिका-४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा  प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।  पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको  हो । महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको […]

समाज
२ पुष २०७६, बुधबार १२:५७
676 views 0 secs 0

परिवार सबै स’खाप पार्ने द’श्कर्म पकाएको वि’ष झुक्किएर आफैले खाएपछि मृत्यु, अरु ५ जना सिकिस्त…

वीरगन्जको २४ बहुअरीमा तरकारीमा वि’षादी हालेर खाँदा एक महिलाको मृत्यु भएको छ। परिवारका सदस्यलाई वि’षादी राखेर पकाएको तरकारी खाँदा ती महिलाको मृत्यु भएको हो। सोही तरकारी खाँदा परिवारका अन्य पाँचजना सिकिस्त छन्। बिरामी पाँचजनाको वीरगन्जको नेशनल मेडिकल कलेजको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । प्रहरीका अनुसार बहुअरीका जगदीश कुर्मीको घरमा सोमबार बिहान […]

समाज
२ पुष २०७६, बुधबार १२:४०
677 views 0 secs 0

श्रृङखला खतिवडा खोलिन् रहस्य, ‘यौन हिंसाको सिकार भएँ’

श्रृङखला खतिवडालाई नचिन्ने सायदै होलान । पूर्वमिस नेपाल खतिवडाले विश्व सुन्दरी प्रतियोगिता–२०१८ मा भाग लिएपछि उनको चर्चा थप चुलिएको थियो । अहिले सामाजिक कार्यमा व्यस्त उनले गम्भीर खुलासा गरेकी छिन् । उनले आफु यौ’न हिं’साको सि’कार हुनुपरेको बताएकी छन् । महिला सशक्तिकरणसम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नुपरेको यौ’न हिं’साबारे खुलासा गरेकी हुन् । उनले भनिन, […]

समाज
२ पुष २०७६, बुधबार १२:०१
528 views 0 secs 0

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ…

विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला मङ्सिर १५ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाले मङ्सिर ३० […]

समाज
२ पुष २०७६, बुधबार ११:४२
660 views 0 secs 0

कारको ठक्करबाट एकजनाको मृत्यु…

देशको राजधानी काठमाडौंमा भएको भयानक दुर्घटनामा एकजनाको ज्यान गएको छ । काठमाडौंको बुढानिलकण्ठ–५ मा कारको ठक्करबाट एकजनाको मृत्यु भएको हो । गोरखा घर भइ विष्णुमति बस्ने ४२ वर्षीया लीला देवकोटा रहेको प्रहरीले जानकारी दिएको छ । बिहान करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १५ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो । […]

समाज
२ पुष २०७६, बुधबार ११:१५
563 views 0 secs 0

घुस लिएको अभियोगमा प्रमुख प्रशासक पक्राउ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको पाइएको आयोगले जनाएको छ ।  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा […]

देश, समाज
२ पुष २०७६, बुधबार १०:५८
564 views 0 secs 0

रौतहटबाट तीन जना हतियारसहित पक्राउ…

रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ […]

समाज
१ पुष २०७६, मंगलवार १९:१६
619 views 0 secs 0

अवैध लागूऔषध कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिनसहित एक जना बोलिभियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गा रहेकी छन् । विमानस्थलको आगमन कक्षमा चेकजाँच गर्ने क्रममा उनको सुटकेशभित्र ३ केजी कोकिन बरामद भएको प्रहरीले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट मंगलबार काठमाडौं आएकी […]