समाज
१३ पुष २०७६, आईतवार १०:३६
518 views 0 secs 0

एक पुरुष बाटोमा मृतावस्थामा फेला…

चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले शुक्रबार राति अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेको […]

समाज
१२ पुष २०७६, शनिबार १९:५३
582 views 0 secs 0

लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले सिरहाको एक युवक पक्राउ…

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट  एक युवकलाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरहाको लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो ।पक्राउ परेका चौधरीको साथबाट […]

समाज
११ पुष २०७६, शुक्रबार १७:४२
663 views 0 secs 0

घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ…

अख्तियार दुरुपयोय अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । आयोगले आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको आयोगको दाबी छ ।

समाज
११ पुष २०७६, शुक्रबार १५:४५
529 views 0 secs 0

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु…

काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी अनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् ।छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् । लगत्तै आफन्त […]

समाज
११ पुष २०७६, शुक्रबार १५:२८
458 views 0 secs 0

सुमो दुर्घटना, ३ जनाको मृत्यु…

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको एसपी राठौरले बताए । 

समाज
११ पुष २०७६, शुक्रबार १२:१९
502 views 0 secs 0

ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु..

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन् ।   शुक्रबार काठमाडौंबाट फोहोर बोकेर  नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ट्रिपरले  ‘क्लिन नेपाल’ नामक कम्पनीको […]

समाज
११ पुष २०७६, शुक्रबार १२:०६
502 views 0 secs 0

सडक निर्माणका क्रममा रुख ढल्न पुग्दा रुखले किचेर एक जनाको मृत्यु…

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा रुख ढल्न पुग्दा रुखले किचेर एक जनाको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीया पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो ।प्रहरीका अनुसार बिहीबार दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेर्नेक्रममा खड्कालाई […]

समाज
११ पुष २०७६, शुक्रबार ११:३०
548 views 0 secs 0

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु…

धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित वीपी राजमार्गमा बिहीबार अपराह्न जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–८ की अन्दाजी २५ वर्षीया मीनाकुमारी बोगटी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१५३ नम्बरको जीप आफैं अनियन्त्रित भई सडक किनारामा भएको बारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर […]

समाज
१० पुष २०७६, बिहीबार १७:४२
657 views 0 secs 0

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु…

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । जाडो छल्न आगो तापीरहेकी जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साहको जलेर मृत्यु भएको छ । ४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको शरीरमा आगो सल्केको थियो । एक्कासी सल्केको आगोले शरीरको अधिकांश भाग जलेको अवस्थामा उपचारका लागि प्रादेशिक […]

समाज
१० पुष २०७६, बिहीबार १६:४१
470 views 0 secs 0

५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ…

५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले १५ लाख […]