समाज
७ माघ २०७६, मंगलवार १२:३७
700 views 0 secs 0

गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ…

धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित एक गेस्ट हाउसबाट प्रहरीले आपत्तिजनक अवस्थामा एक जोडीलाई पक्राउ गरेको छ । सोमबार सपहीको मेन रोडमा रहेको अमरज्योति लज एन्ड गेस्ट हाउसबाट दिउँसो ४ बजेको समयमा एक महिला र एक पुरुषलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त गेस्ट हाउसका सञ्चालकले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन […]

समाज
७ माघ २०७६, मंगलवार १२:२६
489 views 0 secs 0

अध्यक्ष चौधरीको मोटरसाइकल दुर्घटनमा परी निधन…

सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुशीलकुमार चौधरीको मोटरसाइकल दुर्घटनमा परी निधन भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गाउँपालिका क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष चौधरीको मृत्यु भएको हो । पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको ३८ वर्षीय वडाध्यक्ष चौधरी सवार ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको […]

समाज
७ माघ २०७६, मंगलवार १०:२३
621 views 0 secs 0

अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट…

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २० हजार लिटर मदिरा नष्ट गरेको छ ।  बूढानीलकण्ठ नगरपालिका–२ कामीटारस्थित २० वटा भट्टीमा प्रहरीले सोमबार साँझ छापा मारेको हो । उक्त भट्टीबाट पाँच हजार लिटर तयारी अवस्थाको मदिरा र १५ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र […]

समाज
६ माघ २०७६, सोमबार १८:०५
462 views 0 secs 0

बलात्कार गरेको अभियोगमा एक जना पक्राउ…

पश्चिम नवलपरासीमा १४ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनुवल नगरपालिका वडा नम्वर २ का २२ बर्षीय रोहित यादव रहेका छन् ।   ठुली आमाको घरमा बस्दै आई रहेकी १४ बर्षीया किशोरीलाई माघ ४ गते साँझ उनले बलात्कार गरेको अभियोग छ ।  नवलपरासीका प्रहरी प्रबक्ता डिएसी बिरेन्द्र थापाका अनुसार […]

समाज
६ माघ २०७६, सोमबार १७:३७
572 views 1 sec 0

हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ…

वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् ।  गत पुस १९ गते साँझ […]

समाज
६ माघ २०७६, सोमबार १४:१९
531 views 0 secs 0

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ५ जनालाई पक्राउ…

सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ  लगायत ५ जनालाई नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

देश, समाज
६ माघ २०७६, सोमबार १२:२०
540 views 0 secs 0

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्ष कैद फैसला…

जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुददाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो । गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद […]

समाज
५ माघ २०७६, आईतवार १०:१४
813 views 0 secs 0

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु…

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।  घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते  भएका ५० वर्षीय सत्यालको  धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।  उनले लामो समयदेखि वडासचिवका रुपमा […]

समाज
५ माघ २०७६, आईतवार १०:०३
669 views 0 secs 0

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु…

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान […]

समाज
२ माघ २०७६, बिहीबार १०:५९
505 views 0 secs 0

जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जना नियन्त्रणमा…

बनेपा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको […]