समाज
१५ माघ २०७६, बुधबार १०:२६
1371 views 0 secs 0

सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ…

आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ ।  मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै […]

समाज
१५ माघ २०७६, बुधबार ०९:५५
596 views 0 secs 0

सार्वजनिक बसमा यात्रा गर्दा ११ हजार चोरी…

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ ।  पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल […]

समाज
१४ माघ २०७६, मंगलवार १५:३८
810 views 0 secs 0

२ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित १० जना पक्राउ…

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीयनवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका(३बिशालनगरस्थित तपोबन होटलमा जुवातास […]

राजनीति, समाज
१० माघ २०७६, शुक्रबार १७:२२
745 views 0 secs 0

विद्युत वितरण केन्द्रमा दुई जना २५ हजार घुससहित पक्राउ…

नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् ।   बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनी र  बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पक्राउ गरेको हो । उनीहरुलाई घुस रकम लिँदै […]

समाज
१० माघ २०७६, शुक्रबार १६:००
711 views 0 secs 0

आगलागी हुँदा एकल महिलाको मृत्यु…

सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु […]

समाज
१० माघ २०७६, शुक्रबार १०:२३
497 views 0 secs 0

४ हजार घुससहित पक्राउ…

जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी (करार) केशव कुमार यादव ४ हजार घुससहित पक्राउ परेका छन् ।   अभद्र व्यवहार मुद्दा पेशीमा राखी टुंग्याइने भन्दै घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।  घुस रकम लिइसकेको अवस्थामा यादवकै  कार्यालयबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले […]

समाज
९ माघ २०७६, बिहीबार १६:५२
499 views 0 secs 0

नवलपरासीमा चक्कु प्रहार गरिएका युवकको मृत्यु…

दुई दिनअघि नवलपरासीमा एक युवकद्धारा चक्कु प्रहार गरिएका अर्का युवकको ज्यान गएको छ । मंगलवार राती साढे ११ बजेको समयमा नवलपरासीको सुनवल नगरपालिका ३ कीर्तिपुरका २० वर्षीय महादेव पुनले कास्कीको पोखरा महानगरपालिका वडा नम्वर १ बगर बस्ने अन्दाजी २३ वर्षीय संजोक गुरुङ्ग र सोही स्थान घर भएका अन्दाजी २४ वर्षीय जगदिश गुरुङ्गलाई चक्कु प्रहार गरेका […]

समाज
९ माघ २०७६, बिहीबार १४:४६
580 views 0 secs 0

शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंजबाट पक्राउ…

पर्सा । अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगंज महानगरपालिका-२७ बस्ने ४५ वर्षीय विक्रम यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।   २०६५ भदौ २० गते राति उदयपुर घुर्मी बस्ने ४५ वर्षीय पन्नालाल साह सोनारलाई अपहरण गर्ने क्रममा उनकै श्रीमती देवमती देवीलाई गोली प्रहार गर्दा घाइते भएकोमा देवीको उपचारको क्रममा मृत्यु भएको […]

समाज
९ माघ २०७६, बिहीबार १३:५४
741 views 0 secs 0

बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु…

सर्लाही । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।  नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षकले जानकारी दिए । 

समाज
७ माघ २०७६, मंगलवार १२:५४
581 views 0 secs 0

श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ…

आफ्नै ३२ वर्षीया श्रीमती मालती देवी नुनियाको हत्या गरेको अभियोगमा पचरौता नगरपालिका-१ पिपरपाती टोल बस्ने रामयाद महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  महतोले गत शुक्रबार श्रीमतीको हत्या गरी सोही ठाउँस्थित जमुनी नदीको किनारमा लगेर शव जलाउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनास्थलमा शव जल्दै गरेको अवस्थामा फेला पारेको थियो […]