
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित छिरिङ शेर्पाको जस्ताको टहरामा तास खेलिरहेका तिब्बत घर भई हाल बौद्ध बस्ने ३७ वर्षीयनवाङ कुन्साङ समेत १० जनालाई नगद २ लाख ८१ हजार रुपैयाँ र ६ बुक तास सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका(३बिशालनगरस्थित तपोबन होटलमा जुवातास खेलिरहेको अवस्थामा होटलका साहु ४९ वर्षीय डबल बहादुर मल्ल समेत ११ जनालाईनगद लाख ४७ हजार ५ सय रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।