6 views 0 secs 0 comments

बहुवर्षीय योजनाहरू समयमै सक्न मन्त्री उप्रेतीको निर्देशन

In देश, समाज
२७ मंसिर २०८०, बुधबार २०:०१

राटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशका बहुवर्षीय योजनाहरू समयमै सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । बुधबार निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरी मन्त्री उप्रेतीले प्रदेशका बहुवर्षीय योजनाको काम समय सीमाभित्रै सक्न निर्देशन दिएका हुन् ।

मन्त्री उप्रेतीले बहुवर्षीय योजनाको काममा ढिलासुस्ती नगरी यथाशक्य रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै त्यसका लागि मन्त्रालयले सहयोग गर्ने पनि उल्लेख गरे । उनले प्रविधिसहित आफैँ पुगेर बहुवर्षीय योजनाहरूको अनुगमन गर्ने जनाउँदै त्यसबखत समय र बजेट थप्न परेमा नीति–नियम र परिधिभित्र रहेर थपिने पनि जनाए ।